नेभिगेशन
सुदूरपश्चिम

बित्थडचिरमा बाघ आतंक, चराउन लगेका ४० मध्ये १० बाख्रा मारेको अवस्थामा भेटिए

बित्थडचीर गाउँपालिकामा बाघले आतंक मच्चाएको छ । बाघले बित्थडचिरबासीका बाख्रा, कुकुर लगायतका घरपालुवा जनावर मार्ने र मानिसहरुलाई तर्साउन थालेको हो ।

सोमबार वेलुका मात्रै बित्थडचिर गाउँपालिका वडा नम्बर -२ सुवालेकको लामालेख हरिखायो सामुदयिक वनमा चराउन लगेका १० वटा बाख्रा मारेर खाएको छ । ४० वटा बाख्रा पालन रहेको केदार बाख्रा एन्ड बहुउद्देश्यीय कृषि फर्मका सोमबार वेलुका चराउन लगेको बेला १० वटा बाख्रा बाघले मारेर खाएको फर्मका सञ्चालक कर्णबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो," म काम विशेषले गाउँबाहिर थिएँ । बुबा बाख्रा चराउन जानुभएको थियो । वनमा थाहा पाउनुभएन छ । खोरमा आएपछि शंका लागि गन्ती गर्दा १० वटा बाख्रा थिएनन् । त्यो बेला रात परिसकेको थियो । "

यसअघि केही महिनाअघि खोरबाटै एउटा खसि र एउटा माउ बाख्रो लगेको बाघले आइतबार मात्रै आफ्नै घर अगाडीबाट एउटा कुकुर मारेर खाएको बाघ आतंकित भएर आफ्ना १० वटा बाख्रा मारेको उहाँको भनाई छ । सोमबार बेलुका सुवालेकको लामालेख हरिखायो सामुदयिक वनमा चराउन लगिएका बाख्रा खोरमा नफर्केपछि राति खोजी गर्न नसकिएको र आज मंगलबार बिहानैदेखि खोजीमा लागेको पिडित बोहराले बताउनुभयो । 

खोजीका क्रममा ६ वटा बाख्रा हरिखायो सामुदयिक वनभित्र विभिन्न ठाउँमा भेटिए पनि चारवटा अझै नभेटिएको पिडित बोहराको भनाई छ । बारम्बार बाघको निसानामा बाख्रा पर्न थालेपछि आफुले सञ्चालन गरिरहेको केदार बाख्रा एन्ड बहुउद्देश्यीय कृषि फर्म व्यवसाय नै धरापमा परेको बोहराले बताउनुभयो । बाघको आक्रमणबाट आफुलाई यसपटक मात्रै डेढ लाख बढी क्षति पुगेको उहाँको भनाई छ । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै