नेभिगेशन
सुदूरपश्चिम

बझाङको झोता, देउरा र देउलेख बजारमा पुग्यो टेलिकमको अप्टिकल फाइबर लाइन

बझाङका तीन प्रमुख बजारहरुमा यही असोज १८ देखि नेपाल टेलिकमले अप्टिकल फाइबर लाइन वितरण सुरु गर्ने भएको छ । टेलिकम बझाङको केदारस्युँ गाउँपालिकाको झोता, देउरा र बित्थडचिर गाउँपालिकाको देउलेखमा यही असोज १८ गतेबाट तिब्र गतिको इन्टरनेट र गुणस्तरिय फोनका लागि ल्याण्डलाइन सेवा वितरण गर्न लागेको हो । 

नेपाल टेलिकम प्रादेशिक कार्यालय अत्तरियाका सहायक प्राविधिक अधिकृत गोबिन्द अवस्थीका अनुसार हाल झोता बजार र देउरा बजारमा अप्टिकल फाइबर लाइन विच्छ्याउने कार्य सम्पन्न भएको छ । उहाँका अनुसार बित्थडचीरमा पनि फाइबर लाइन बिच्छ्याउने काम अन्तिम चरणमा छ । दशैं अगाडी घरघरमा इन्टरनेट पुगाउने लक्ष्यका साथ यी तीन बजारमा फाइबर लाइन बिस्तार कार्य सुरु भएको हो । 

एक बजारमा ५ सय १२ वटा राउटर चलाउन सक्ने क्षमताका साथ केही दिनभित्र ओएलटी मेसिन पनि जडान गरिदैछ । बर्षभरीको ८ हजार ५०० मा वाइफाइ राउटर पोलबाट घरभित्रैसम्म पुग्ने फाइबर लाइन दिने अफर झोता, देउरा र देउलेखबासीलाई रहेको छ । यहाँका सेवाग्राहीले बढीमा ५० एमबीपिएस गतिको इन्टरनेट र एक ल्याण्डलाइन चलाउन पाउनेछन् । फाइबर लाइन विस्तारको जिम्मा दार्चुलाको सिंह निर्माण सेवाले पाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै