नेभिगेशन
सुदूरपश्चिम

चाडपर्व लक्षित गरि ट्राफिक प्रहरी कार्यालय बझाङले गर्‍यो चार ठाउँमा यात्रु सहायता कक्ष स्थापना

नजिकिँदै गरेको दशैं, तिहार तथा छठ लगायतका पर्वलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ।

ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यबस्थित बनाउने उद्देश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ।

चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरि सहज यात्राको प्रबन्ध मिलाउन जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय सिमखेत आसपास दुई स्थानमा र अस्थायी ट्राफिक प्रहरी पोष्ट बागथला, अस्थायी ट्राफिक प्रहरी पोष्ट झोतामा एक/एक स्‍थानमा यात्रु सहायता कक्षको स्थापना गरी सेवा सञ्चालन गरिएको जनाइएको छ ।

चाडपर्वको समयमा हुने सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनीकरणको लागि चेकजाँचलाई समेत कडाइ पार्ने योजनामा उल्लेख छ। आज बझाङका चालक, सह-चालक, सवारी धनी, यातायात व्यवसायी, यात्रु तथा सर्वसाधारणहरुको उपस्थितिमा यी योजना बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै