नेभिगेशन
सुदूरपश्चिम

बैतडीमा यात्रु सवार जिप दुर्घटना, ६ जना घाइते

बैतडीमा यात्रु सवार जिप दुर्घटना भएको छ। जिल्लाको छेला–दुर्गाभवानी सडकको डुवापानीमा से१ज ३२० नम्बरको बोलेरो जिप गएराति १०ः३० बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा परेर चालकसहित ६ जना घाइते बैतडीको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।

घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका ३ का ४५ वर्षीय दिलिप नाथ, सोहि ठाउँका ३९ वर्षीय भानदेव नाथ, ४० वर्षीया अनिता नाथ, ४६ वर्षीय केशव नाथ,१६ वर्षीय सुशील नाथ र जिप चालक दशरथ नाथ रहेका छन्। घाइते मध्ये दिलिपको अवस्था गम्भीर रहेको छ। दिलिपलाई जिल्ला अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि धनगढी रेफर गरिएको छ।

अन्य घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। जिप सडकबाट १० मिटर तल खसेर सल्लाको रूखमा अड्किएको ढुंगानाले बताए। आठजना सवार रहेको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको बताइएको छ। सवार दुईजना भने सकुसल रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै