नेभिगेशन
सुदूरपश्चिम

चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु

चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान चट्याङ लागेर लालझाडी गाउँपालिकाका–१ नौरङ्गाकी २८ वर्षीया हीरामति राना र दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यमबहादुर सुनारको ज्यान गएको हो।  

चट्याङ लागेर अचेत सुनारको दोधारा चाँदनी अस्पतालमा र गम्भीर घाइते रानाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीले जानकारी दिनुभयो।  

रानालाई खेतबारीमा काम गर्ने क्रममा र गुटिलको रुखमुनि ओत लागेको बेला सुनारलाई चट्याङ लागेको जनाइएको छ।  चट्याङबाट ३६ वर्षीय जगते सुनार घाइते हुनुभएको छ।  घाइतेकाे दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको छ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै