नेभिगेशन
सुदूरपश्चिम

बाहुली खोलाको बितण्डा : पुरानो बसपार्क मुनीको तटबन्धन र खेत बगायो 

बाहुली खोलामा आएको बाढीले जयपृथ्वी नगरपालिका वडा नम्बर- ९ को सिमखेतस्थित पुरानो बसपार्कतर्फ कटान सुरु गरेको छ । खोलाको बहाब बढेपछि पुरानो बसपार्क मुनी रहेको दोघट्टेबगर जिउलामा रसाइली र स्नेही परिवारको तटबन्धनसहित रोपिएका खेत बगाएको छ ।

यस वर्ष र अघिल्लो गरेर ५२ लाखको तटबन्धन गरेको भएपनि तटबन्धन बगाएर खेतहरुसमेत बगाउन थालेको भन्दै पिडित धर्मराज रसाइलीले चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार दोघट्टे बगरमा रहेको पाँच परिवारको धान रोपेको खेत हिजोदेखि नै बगाउन सुरु गरेको छ ।

दोघट्टे बगरमा धर्मराज रसाइली, दिवस रसाइली, सुरेश रसाइली, जयबहादुर स्नेही र सुनिल स्नेहीको खेत बाहुली खोलाले कटान गर्न थालेको छ । र्मराज रसाइली, दिवस रसाइली र सुरेश रसाइलीको ६ नाली जमिन बगिसकेको र जयबहादुर स्नेही र सुनिल स्नेहीको खेत कटान सुरु गरेको पिडित धर्मराज रसाइलीले बताउनुभयो ।

निरन्तर पानी परिरहेकाले खोलाले सबै खेत बगाउने चिन्ता यी परिवारमा छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै