नेभिगेशन
सुदूरपश्चिम

बझाङका ग्रामिण भेग सम्पर्क बिहीन, बाढी पहिरोका सूचना पाउन असहज

निरन्तरको झरीले सोलार प्यानलमा घाम नलाग्दा बझाङका ग्रामिण भेग सम्पर्क बिहीन भएका छन् । बझाङमा प्राय: जसो टेलिफोन टावरहरु सोलार सिस्टममा चलिरहेकाले लामो समय घाम नलाग्दा टेलिफोन सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ ।

बझाङका खप्तडछान्नाका तीनवटा, तल्कोट र मष्टाका दुइवटा, साइपालमा एक वटा, छबिसपाथिभेरामा दुइवटा,  दुर्गाथलीमा दुईवटा,  केदारस्युँमा दुई वटा,  वित्थडचिरमा दुईवटा,  थलारामा एउटा,  बुंगलमा दुइवटा,  सुर्मा एक वटा गरि, जयपृथ्वीको मनाना गरि १९ वटा टेलिफोन टावर सोलारको भरमा सञ्चालन भइरहेका छन् भने जयपृथ्वी नगरपालिकाको हेमन्तवाडा, सदरमुकाम चैनपुर, वडा नम्‍बर ६ को नौरामा, छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६ तथा साविक कँडेलमा र थलारा गाउँपालिका ८ को देबस्थलीमा मात्रै विद्युतबाट नेपाल टेलिकमका टावर सञ्चालनमा रहेका छन् ।

निरन्तर पानी पर्न थालेपछि बझाङका धेरैजसो टावर निस्क्रिय हुँदा गाउँहरु सम्पर्क बिहीन हुँदा समस्या भएको छ । टावर नहुँदा अतिवश्यक पर्दा फोन गर्न र बाढी पहिरोका सूचना पाउन असहज भएको छ । सदरमुकाम चैनपुरमा पनि फोरजी सेवा र ल्याण्डलाइन सेवा मात्रै सुचारु छ भने जिपिआरएस तथा टुजी सेवा अवरुद्ध भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै