नेभिगेशन
सुदूरपश्चिम

बझाङको सिताराम मावि दौडको एसइइ नतिजा सुन्य

बझाङमा एसईई परिक्षामा एउटा विद्यालयको मात्रै नतिजा सुन्य आएको छ । बझाङको बुङ्गल नगरपालिका -१० मा रहेको सिताराम मावि दौडको एसइइ नतिजा सुन्य आएको हो । यस विद्यालयमा अध्ययनरत २४ विद्यार्थीमध्ये २२ जनाले एसइइ दिएको विद्यालयका प्रधानाध्यापक बिरबहादुर बोहराले बताउनुभयो ।

एसइइ २२ जनामध्ये दुई जनाको एक विषय, पाँच जनाको दुई विषय लागेर ७ जनाले मात्रै ग्रेड बृद्धि परिक्षा दिन पाउने र बाँकी सबै नन ग्रेड आएर फेल भएको प्रधानाध्यापक बिरबहादुर बोहराको भनाई छ ।

कक्षा १० सम्म पढाइ हुने सिताराम मावि दौडमा ७ जना मात्रै शिक्षक रहेको र धेरैजसो शिक्षकहरु निजिबाट राखिएको हुँदा तलब नपाएको भन्दै पढाइ नगर्ने गरको, शिक्षक सेवा आयोगको परिक्षाका लागि शिक्षकहरु बेला बेला पढाइ छोडेर परिक्षा दिन जाने गरेको, कोरोना महामारीका कारण तल्लो कक्षादेखि नै विद्यार्थी कमजोर हुँदै आएको र अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुको भविस्यबारे चाँसो नदेखाएको हुँदा जिल्लाभरमै एसइइको नतिजा सुन्य आएको प्रधानाध्यापक बोहराले स्वीकार गर्नुभएको छ ।

उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफू एक्लले लागेर सम्भव नभएकाले शिक्षक अभिभावक र विद्यार्थीले पनि सुध्रिन आवश्यक रहेको बताउनुभयो । विद्यालयमा भवन र शिक्षक दरबन्दी अभाव भएकोबारे पटक पटक बुंगल नगरपालिकालाई जानकारी गराउँदा पनि वास्ता नगरेको प्रधानाध्यापक बोहराको गुनासो छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै