नेभिगेशन
सुदूरपश्चिम

सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध

सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग पुन: अवरुद्ध बनेको छ । गयराति जयपृथ्वी नगरपालिका वडा नम्बर -७ तमैल बजार र जालेबगर नजिक सडकमाथिबाट पहिरो खस्दा राजमार्ग बिहानैदेखि अवरुद्ध बनेको हो ।

सडक खुलाउन छबिसपाथिभेरा गाउँपालिका -१ बगडगाउँबाट स्काइभेटर हिडिसकेको र चाँडै खुलाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेलले बताउनुभयो । जयपृथ्वी राजमार्ग यसअघि गेग्रान बहाब तथा ढुङ्गा खसेका कारण जालेबगर र माल्नालाग्ने भीरमा अवरुद्ध भएको थियो ।

 बझाङमा भारी वर्षा भइरहेकाले अन्य ठाउँमा पनि पहिरो, ग्रेगान बहाब हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले यात्रा गर्दा सुरक्षित हुन आग्रह गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै