नेभिगेशन
सुदूरपश्चिम

चोरीमा संलग्न बझाङका तीन जनालाई गोली हानी नियन्त्रणमा लियो

भारतिय प्रहरीले चोरीमा संलग्न बझाङका तीन जनालाई गोली हानी नियन्त्रणमा लिएको छ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ पडेश घर भएका सुनिल खड्का, प्रताप खड्का र अंकित जोशी प्रहरीसँगको भिडन्तमा पक्राउ परेका हुन् । प्रहरीको फरार सूचीमा रहि जनही २५ हजार रुपैँया पुरस्कार तोकिएका उनीहरुलाई उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा प्रहरीसँगको दोहरो गोली हानाहानमा पक्राउ गरिएको  मुजफ्फरनगरका एसपी  सत्यनारायण प्रजापतीले बताउनुभयो । 

उनीहरुलाई प्रहरीले स्थानीय नयाँ मण्डीका व्यापारी नीरज जैनको घरबाट लाखौं चोरी गरेको आरोपमा खोजिरहेको रहेको थियो । प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा नेपाली गिरोहका तीन जना सुनिल खड्का, प्रताप खड्का र अंकित जोशी भिडन्तमा पक्राउ परेको र उनीहरु तीनै जनाको खुट्टामा गोली लागेको बताएको छ । अझैं चोरीमा संलग्न दुईजना अभियुक्त फरार रहेको मुजफ्फरनगर प्रहरीले जनाएको छ । एसपी सत्यनारायण प्रजापतीका अनुसार भारतमा मजदुरी गर्न गएका उनीहरुले गएको फागुन १२ गते मुजफ्फरनगर जिल्लाको मेहता क्लब नजिकै बस्ने स्थानीय व्यापारी नीरज जैनको घरबाट चोरी गरेका थिए । यस चोरी घटनामा सुनिल खड्का मुख्य योजनाकार रहेको र उनलाई प्रताप खड्का र अंकित जोशी सघाएका थिए । 

बिहीबार राति मण्डी कोतवाली प्रहरीसँगको भिडन्तमा तीनै अभियुक्त घाइते भएका छन् । उनीहरुको साथबाट एक थान नम्बर नभएको मोटरसाइकल, तीन थान पेस्तोल, दुई वटा नक्कली परिचयपत्र, तीन लाख नगद र गरगहना बरामद भएको छ । घाइतेहरुको अस्पतालमा उपचार गराएपछि उनीहरुलाई कारबाही गरिएको हो । अन्य दुई अभियुक्तलाई पक्राउ गर्न तीन टोली गठन गरिएको र छिट्टै पक्राउ गरिने प्रहरीको भनाई छ ।

मण्डी कोतवाली प्रहरीले उक्त गिरोह नेपालबाट आएर दिल्लीमा नेपाल बसोबास गर्नेहरुको बस्तीमा रहेको जनाएको छ । व्यापारीको घरमा काम गर्ने सुनिल खड्का नोएडाबाट एजेन्टमार्फत काम गर्न गएका थिए । चोरी गर्नुअघि उनले कञ्चनपुर जिल्लाको कानपुर कलकत्ता गाउँपालिकाका आफ्ना चार सहयोगी प्रताप खड्का, अंकित जोशी, राजकुमार जोशी र नेपालकै मोहत्री रहेका उत्तर प्रदेशको बाङ्ग्रा जिल्लाको बांगरा गाउँका माधव भनिने​​बलिरामलाई मुजफ्फरनगरमा बोलाएको थिए ।

उनीहरु प्रहरीको मोष्ट वान्टेट सुचीमा रहेको र उनीहरुलाई भेटाउनेलाई २५ हजार जनही पुरस्कार समेत तोकेको थियो । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै