नेभिगेशन
सुदूरपश्चिम

बित्थडचिरमा जेष्ठ नागरिकसँग अध्यक्ष स्वास्थ्य उपचार तथा परामर्श कार्यक्रम सुरु, घरमै गएर सेवा दिइदै

बित्थडचिर गाउँपालिकामा जेष्ठ नागरिकसँग अध्यक्ष स्वास्थ्य उपचार तथा परामर्श कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले पालिकाभरका ११ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी खटाएर आजबाट यही असार १० गतेसम्म ९ वटै वडाहरुमा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा परामर्श र सरसफाई सम्बन्धि सचेतना कार्यक्रम सुरु गरेको हो ।

जेष्ठ नागरिकसँग अध्यक्ष स्वास्थ्य उपचार तथा परामर्श कार्यक्रम अन्तर्गत जेष्ठनागरिकहरूको रक्तचाप मापन, ज्वरो, ग्याष्ट्रिक, एलर्जि, दम तथा श्वासप्रश्वास, झाडापखाला, हातखुट्टा दुखाई, आँखा सम्बन्धि समस्या, सुगर, प्रेसर चेकजाँच गरिनुका साथै भिटामिन र जुकाको औषधिका साथै आवश्यक अन्य औषधी वितरण गरिने बित्थडचिर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गौरीलाल बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्यकर्मीहरु सबै वडाहरूमा रहेका ६० वर्ष माथिका जेष्ठ नागरिक र अशक्त ब्यक्तिहरूलाई घरदैलो तथा टोलमा गएर स्वास्थ्य उपचार तथा परामर्श गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै