नेभिगेशन
सुदूरपश्चिम

बित्थडचिर गाउँपालिका : बोट विरुवा खरिदमै एक लाख बढी रुपैयाँ अनियमितता 

बित्थडचीर गाउँपालिकाले बोट विरुवा खरिदमा सरकारी दररेट भन्दी बढी मुल्य देखाएर अनियमितता गरेको देखिएको छ । पालिकाले गत आर्थिक वर्षमा आमाको नर्सरी वागवानी फार्म रामेछापबाट खरिद गरि ल्याएका ७५० गोटा विरुवामा सरकारी दररेटभन्दा बढी मुल्य खरिद गरि एक लाख ५ हजार रुपैयाँ नियमितता गरेको देखिएको हो ।

महालेखा परिक्षकको हालै सार्वजनिक प्रतिवेदन अनुसार सरकारले तोकेको दररेट प्रतिविरुवा रु १०० मा खरिद गर्नुपर्नेमा पालिकाले प्रति विरुवा रु २४० मा खरिद गरि प्रतिविरुवा रु १४० बढीमा खरिद गर्दा रु १ लाख ५ हजार अनियमितता गरेको देखिएको छ ।

प्रतिवेदनमा गाडीभाडा सम्झौता नगरि ३० हजार दिएको, किसानको जग्गाको क्षेत्रफल यकिन नगरि २६ जनालाई २५ गोटाका दरले, १० जनालाई ८ गोटाका दरले र एक जनालाई २० गोटा विरुवा वितरण गरेको, २५ जना कृषकलाई यातायात खर्च वाफत रु ५०० का दरले हुने रु १२ हजार ५ सय वितरण खर्चको आधार के हो पेश नगरेको, विरुवा खरिदको कोटेशनको  पेश नगरेको, सहि कृषकहरु छनौटका आधार उचित वितरणका आधार प्रष्ट नगरि वितरण गरेको, वोटविरुवा रोपण भए कि भएनन् र रोपणपछिको अवस्थाबारे पालिकाले अनुगमन नगरेको उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै