नेभिगेशन
सुदूरपश्चिम

बाजुरामा एक किशोरीमाथि पेट्रोल छर्केर आगो लगाइयो, दुई जना पक्राउ

बाजुरा  : बाजुरामा एक किशोरीमाथि पेट्रोल छर्केर आगो लगाइएको छ।  जिल्लाको त्रिवेणी नगरपालिका–९ झलाल गाउँमा बिहे हेर्ने गएका बेला त्रिवेणी नगरपालिका–८ पन्तालीकी १४ वर्षीया सभ्यता बुढाको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। आगोले जलेर बालिका घाइते भएकी छन्। पेट्रोल जलाउन खोजेको आरोपमा त्रिवेणीकै सुमन गिरी र सेखर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बाजुराका प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताएका छन् । 

नियन्त्रमा लिएका उनीहरुले मादक पदार्थ सेवन गरेकाले अरुलाई आक्रमण गर्न खोज्दा सभ्यताको शरिरमा परेको बयान दिएको उपरिक्षक महराले बताए । आरोपित दुई जना बाजुरा-अछामको सिमानाकाबाट पक्राउ परेका हुन् । 

यता घाइते बालिकालाई जिल्ला सदरमुकाम मार्तडी ल्याइएको र बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै