नेभिगेशन
सुदूरपश्चिम

तिब्बत र बझाङ सुरक्षा अधिकारी भर्चुअल बैठक : असार १६ गतेदेखि उरैँ नाका सञ्चालनमा ल्याउने

बझाङको उरैँ नाका सञ्चालनमा आउने भएको छ । आगामी असार १६ गतेदेखि चीनको तिब्बतसँग जोडिएको उरैँ नाका सञ्चालनमा आउने भएको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताउनुभयो । 

चीनको तिब्बतका सुरक्षा अधिकारी र नेपालका तर्फबाट बझाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसँग केही दिन अगाडि भएको भर्चुअल दुईपक्षीय कुराकानी पछि असार १६ गतेदेखि उरैँ नाका सञ्चालनमा आउन लागेको हो ।

सुरक्षा निकायका प्रमुखहरुले चिनियाँ सुरक्षा अधिकारीसँग भर्चुअलमा नाका सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा सोमबार (आज) पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी कुइकेलले सिमानाकाको सुरक्षा व्यवस्था र चिनियाँ अधिकारीहरू बिच भएको कुराकानीको बारेमा जानकारी गराउनुभएको थियो । 

प्रमुख जिल्ला अधिकारी कुइँकेलका अनुसार उरैँ नाकाले सीमा क्षेत्रमा रहेका नागरिकहरूको जीवनस्तर माथि उकास्न र दुई देशको व्यापारिक सम्बन्ध बढाउने विश्वास लिएको बताउनुभयो । हाल सम्म जिल्ला प्रशासन कार्यालय बझाङ बाट ५ जनाले पास लिएका छन् ।

चीनको तिब्बत सँग जोडिएको उरैँ सिमानाका क्षेत्र र सीमा स्तम्भको सशस्त्र प्रहरीको टोलीले अनुगमन गरेको छ । कोरोना सङ्क्रमणको कारण देखाउँदै बन्द रहेको बझाङ चिन जोड्ने उरैँ नाका खुले सँगै सशस्त्र प्रहरी बल नेपाल बझाङका प्रमुख जनकराज पन्तको नेतृत्वमा सशस्त्र प्रहरीले उरैँ नाका र सिमास्तम्भको अनुगमन गर्नुभएको हो । 

साइपाल गाउँपालिकाको केन्द्र रहेको काँडाबाट तीन दिन पैदल हिँडेर टोलीले उरैँ नाकाको ५ हजार २ सय उचाइमा रहेको पिल्लर नं २ र आसपासको क्षेत्रको अवस्था बुझ बिस्तार गरेको अनुगमन टोलीका प्रमुख तथा सशस्त्र प्रहरी बल नेपाल बझाङका डिएसपी जनकराज पन्तले बताउनुभयो । 

टोलीले सीमा क्षेत्रको अनुगमन साथै त्यस क्षेत्रमा यार्सागुम्बा टिप्न गएका मान्छेहरूको अवस्था के कस्तो छ भनेर पनि बुझबिस्तार गरेको उहाँको भनाई छ । उरै नाकाको २ नं सीमा स्तम्भ सम्म पुगेर फर्केका सशस्त्र प्रहरी बल नेपाल बझाङका प्रमुख पन्तले सीमा स्तम्भको अवस्था त्यहाँको बाटोघाटो र सूचना सञ्चारको अवस्था, शान्ति सुरक्षा लगायतका विषयमा जानकारी दिनुभएको थियो ।

नेपाल सरकारको तर्फबाट पहिलो पटक सीमा स्तम्भ सम्म पुगेको डिएसपी पन्तको टोलिले उरै क्षेत्रको भौगोलिक सुन्दरता,पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो । साथै त्यहाँ जाने पर्यटकहरूका लागि सञ्चारको असुविधा भएकाले सञ्चार सेवाका लागि सरकारले जोड दिनुपर्ने उहाँको भनाई छ । साथै उहाँले सीमा क्षेत्रमा एकिकृत सुरक्षा टोली स्थापना गर्नु पर्ने समेत बताउनुभयो । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै