नेभिगेशन
सुदूरपश्चिम

दार्चुलाको तिंकर नाका आगामी असार ११ गतेदेखि सञ्चालनमा आउने

दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने भएको छ । आगामी असार ११ गतेदेखि चीनको तिब्बतसँग जोडिएको तिंकर नाका सञ्चालनमा आउने भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।

चीनको तिब्बत (बुराङकाउन्टी)का जनप्रतिनिधि, सुरक्षा अधिकारी र नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुसँग आज भएको दुईपक्षीय कुराकानी भएपछि असार ११ गतेदेखि तिंकर नाका रुपमा सञ्चालनमा आउन लागेको हो ।

सुरक्षा निकायका प्रमुखहरुले चिनियाँ सुरक्षा अधिकारीसँग सामाजिक सञ्जाल (वीच्याट)बाट नाका सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

कोरोना सङ्क्रमणका कारण विसं २०७६ यता उक्त नाका बन्द छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै