नेभिगेशन
सुदूरपश्चिम

बझाङमा यार्सा संकलनका क्रममा एक युवकको हिउँमा चिप्लेर मृत्यु

बझाङमा यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ । सुर्मा गाउँपालिका  वडा नम्बर ५ सैनगाउँ गाउँका करिब ३२ वर्षीय  दिपेन्द्र बोहराको आज बिहान करिब ७ बजे  धौलढुङ्गामा भन्ने स्थानमा हिउँमा चिप्लेर मृत्यु भएको हो ।

 बुधबार मात्रै श्रीमतिसहित यार्सा संकलनका लागि घरबाट हिडेका बोहरा आज बिहान ५ बजे धौलढुङ्गा पुगेका थिए । बिहान यार्सा संकलनका लागि हिडेका बोहरा एक्कासी हिउँमा चिप्लेको घटनास्थलमै ज्यान गएको स्थानिय दिपेश दमाइले बताउनुभयो । घटनास्थल सुर्माबाट एक दिनको दुरीमा पर्दछ । 

उनको शव घर ल्याइरहेको स्थानीयले बताएका छन् । घरमा दुइवटा साना छोरा छिमेकीको भरमा छोडेर यार्सा संकलनका लागि निस्केका बोहरा दम्पतीले यो बर्जपात बेहोर्नुपरेको हो । बझाङमा अहिले यार्सा संकलनको सिजन चलिरहेकाले छोटो समयमै बढी आम्दानी गर्ने उदेश्यले स्थानीयहरु लेकतिर चढ्ने गर्दछन् । लेकमा चढ्ने क्रममा धेरैले ज्यान गुमाइसकेका छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै