नेभिगेशन
सुदूरपश्चिम

के हो बजेटमा आएको सेती कोरिडोर ? कसरी निर्माण प्रक्रिया पनि अगाडी बढ्दैछ ?

सरकारले आगामी बजेट प्रस्तुत गर्दै सेती कोरिडोर प्रसारण लाइनको निर्माण प्रक्रिया पनि अगाडी बढाइने जनाएको छ । अर्थमन्त्री वस्त्रमान पुनले बजेट प्रस्तुतका क्रममा सेती कोरिडोर प्रसारण लाइनको निर्माण प्रक्रिया पनि अगाडी बढाइने बताउनुभएको हो ।

सेती कोरिडोर अन्तर्गत बझाङ जिल्लाको प्रस्तावित चैनपुर सबस्टेसन जयपृथ्वी नगरपालिका –१ कैलाशदेखि डोटीको पश्चिम सेती सबस्टेसन र त्यहाँबाट कैलालीको दोदोधारा सबस्टेसनसम्म ४०० केभी १४५ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्य रहेको छ । यस्तै, पश्चिम सेती सबस्टेसनदेखि कन्चनपुरको दैजीस्थित प्रस्तावित न्यू अत्तरिया सबस्टेसनसम्म (६८ किलोमिटर) गरी कूल २१३ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने योजना छ ।

निर्माण गर्ने ग्रिड कम्पनीका अनुसार दोदोधारासम्म निर्माण हुने १४५ किलोमिटर प्रसारण लाइन र सबस्टेसनको लागत करिब २० अर्ब रुपैयाँ अनुमान गरिएको छ । हालसम्म विस्तृत आयोजना प्रतिवेत (डिपिआर) र प्रारम्भिक वातावरणीय मूल्यांकन (आईईई) को काम पूरा भइसकेको डबल सर्किट प्रसारण लाइन (एन माइनस १, ल(१) मार्फत २१०० मेगावाट विद्युत् प्रवाह हुने प्रक्षेपण गरिएको छ । यस प्रसारण लाइनमा प्रवाह गर्ने लक्ष्यका साथ अहिलेसम्म करिब १००० मेगावाट विद्युतका लागि प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) भइसकेको ग्रिड कम्पनीले जनाएको छ ।

यस प्रसारण लाइन अन्तर्गत बझाङको जयपृथ्वी नगरपालिका–१ स्थित कैलाशमा चैनपुर सबस्टेसन र डोटीको शिखर न.पा.–१० स्थित बनलेकमा पश्चिम सेती सबस्टेसन निर्माण हुनेछन् । यसअन्तर्गत निर्माण हुने चैनपुर सबस्टेसनमा चैनपुर सेती (२१० मे.वा.), बझाङ्ग अप्पर सेती (२१६ मे.वा.), सेती नदी–३ (८६ मे.वा.), सुनिगाड (२५ मे.वा.), सन स्टार (४६ मे.वा.), बडीमालिका (६० मे.वा.), न्यादी (६० मे.वा.) र मालुमेला सेती नदी पिआरओआर (६४ मे.वा.) जोडिने छ ।

यसैगरी, पश्चिम सेती सबस्टेसनमा पश्चिम सेती (७५० मे.वा.) र दार्चुला जिल्लाको बलाँच हबमा (३०० मे.वा.) विद्युत उत्पादन जम्मा भई दोदोधारा सबस्टेसनमा कुल १८२७ मेगावाट विद्युत् जम्मा हुनेछ ।

ग्रिड कम्पनीले सुदूरपश्चिममा उच्च क्षमताको एक प्रसारण लाइनसँगै दुई सबस्टेसनहरूको निर्माण हुनेछ । जसमा, पश्चिम सेती ४०० के.भी प्रसारण लाइन तथा चैनपुर र पश्चिम सेती सबस्टेसन रहेका छन् ।

 कम्पनीले बझाङको जयपृथ्वी नगरपालिका– कैलाशमा प्रस्तावित चैनपुर सबस्टेसन निर्माणका लागि क्षेत्रफल १४,३७२ वर्गमिटर (२८२–८–०–३ रोपनी) जग्गा अधिग्रहण गरेको छ ।

डोटीको शिखर नगरपालिका–१० स्थित बनलेकमा प्रस्तावित पश्चिम सेती सबस्टेसन निर्माणका लागि जम्मा क्षेत्रफल ७०,४२५ वर्गमिटर (१३८ रोपनी ६ आना ३ पैसा २ दाम) जग्गा अधिग्रहण गरिएको छ ।

यी सबै आयोजना आर्थिक वर्ष (आव) २०८०-८१ सम्म अध्ययन सम्पन्न गरी आव २०८१-८२ मा निर्माणको ठेक्का प्रक्रियामा जाने र आव २०८६-८७ सम्म निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै