नेभिगेशन
सुदूरपश्चिम

गणतन्त्र दिवसको अवषर पारि थलारा -९ बासीलाई एक दिने नि:शुल्क दन्त शिविर

थलारा गाउँपालिका वडा नम्बर -९ ले गणतन्त्र दिवसको अवषर पारि एक दिने नि:शुल्क दन्त शिविर आयोजना गरेको छ । वडाले मंगलबार गणतन्त्र दिवसको अवसर पारि मालुमेला स्वास्थ्य चौकीमा एक दिने नि:शुल्क दन्त शिविर आयोजना गरेको हो । 

वडामै शिविर सञ्चालन हुँदा वडाबासीको उत्साहजनक सहभागिता रहेको थियो । वडा कार्यालयको आर्थिक सहयोग र साइपाल डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा बसेको दन्त शिविरमा ८० जनाले सेवा लिएको वडाध्यक्ष लोकेन्द्र विष्टले जानकारी दिनुभयो । 

विगतमा आफूहरुले सदरमुकाम चैनपुर, धनगढी गएर दन्त सेवा लिदा महँगो हुने हुँदा उपचार गर्न चाहेर पनि नसेको र यसपटक वडा कार्यालयले घर आँगनमै शिविर आयोजना गर्दा सेवा लिन सहज भएको स्थानीय तथा सेवाग्राही लक्ष्मी विष्टले बताउनुभयो । 

शिविरले वृद्धवृद्धा, बालबालिका, अशक्त,अपाङ्ग, गरिब, एकल महिला तथा दन्त स्वास्थ्य सेवाबाट टाढा भएकाहरूको लागि धेरै ठूलो योगदान दिएको साइपाल डेन्‍टल क्लिनिकका सञ्चालक सत्यराज भण्डारीले बताउनुभयो ।

उहाँले यस्तै जनमुखी काम तर्फ अन्य वडा तथा स्थानीय तहले ध्यानदिनुपर्नेमा जोड दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै