नेभिगेशन
सुदूरपश्चिम

पोषणमा टेवा पुर्याउने उदेश्यले सर्बोत्तम पिठो उत्पादन सुरु 

जिल्लाको मष्टा गाउँपालिकाले स्थानीय उत्पादनलाई बजारमा पु¥याउने, पोषणको क्षेत्रमा टेवा पुर्याउने उदेश्यले रैथाने बालीको संकलन गर्ने कार्यको थालनी गरेको छ । मष्टा गाउँपालिकामा उपलब्ध जौ, भटमास, फापर लगाएतका पाँच प्रकारका अन्नहरुको संरक्षण र त्यसको प्रर्वद्धनका लागी मष्टा गाउँपालिकामा नै सर्बोत्तम पिठो उत्पादन कार्यको थालनी गरेको छ । 
स्थानीय स्तरमा रहेको रैथाने बालीबाट उत्दपादन हुने पिठो र त्यसको पोषण क्षमतालाई ध्यानमा राखी बालबालिकाहरुलाई खुवाउनका लागी र स्थानीयस्तरमा नै उद्यमीहरुलाई स्वरोजगार बनाउने उदेश्यले उक्त कार्यक्रमको सुरुवात गरिएको मष्टा गाउँपालिका अध्यक्ष ज्ञानबहादुर बोहराले बताउनुभयो । अहिले तत्कालका लागी मष्टा गाउँपालिका ४ मा संकलन केन्द्र स्थापना गरी पिठो उत्पादन गर्ने र वितरण गर्ने व्यवस्था मिलाइएको भएपनि आगमी दिनमा यसलाई विस्तृतीकरण गर्नका लागी पालिकाले आवश्यक काम गर्ने अध्यक्ष बोहराले जानकारी दिनुभयो । 
स्थानीय स्तरमा उपलब्ध रैथानेबालीबाट उत्पादन भएको सर्वोत्तम पिठोलाई बालबालिका साथै हजार दिनका आमाहरुलाई वितरण गर्ने, जिल्लाका अन्य पालिकाहरुमा पिठोलाई पुर्याएर बजारीकरण गर्ने उदेश्यले यो कार्यक्रमलाई अघडी बढाइएको अध्यक्ष बोहराले बताउनुभयो । यो कार्यक्रमबाट स्थानीय स्तरमा उपलब्ध रैथाने बालीको संरक्षण, नवप्रवर्तनमा आधारित रैथाने बालीबाट पोषणमा टेवा पुर्याउने र स्थानीयहरुलाई उद्यम्सँग जोड्ने गाउँपालिकाले लक्ष्य लिएको छ । 
अहिले मष्टा गाउँपालिका ४ मा मष्टा कृर्षि उद्योगबाट सर्वोत्तम पिठो उत्पादन भइरहेको छ, भने त्यसको ब्रान्डिङ, प्याकेजिङ र वितरण गर्ने काम समेत भइरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै