नेभिगेशन
सुदूरपश्चिम

खोलामा बगेर दार्चुलामा दुई जना बेपत्ता, खाेजी कार्य जारी

खोलामा बगेर दार्चुला जिल्लाकाे मार्मा गाउँपालिकाका दुइ जना बेपत्ता भएका छन् । आइतबार साँझ  मुरै स्थित गन्याड खोला तर्ने क्रममा २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन बिक बेपत्ता भएको मार्मा गाउँपालिका-५ का वडाअध्यक्ष सुरेन्द्र महताले बताए । उनीहरु दुवैकाे नाता काकी भतिजा भएकाे खुल्न आएकाे छ ।     

भिरालाे ठाउँमा माथिबाट ढुंगामाटाे सहित आएकाे खाेलाकाे भेलले उनीहरुलाइ बगाएकाे जानकारी प्राप्त भएकाे छ । साे क्षेत्रमा एक्कासी भारी वर्षा भएकाे त्यहाका स्थानीयले बताएका छन् । खाेला आसपास नयाँ सडक निर्माण भएकाे हुँदा ढुंगामाटाे खाेलामा बगेकाे हाे ।   

 उनीहरु बेपत्ता भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घट्ना स्थलमा खटिगएकाे प्रहरीले जनाएकाे छ । अहिले प्रहरी र स्थानीयले उनीहरुकाे खाेजी गरिरहेकाे छ । बेपत्ता काकी भतिजाकाे अवस्था अझै अज्ञात छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै