नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्बी नगरपालिका ८ मा पढाई मेला सम्पन्न

जयपृथ्बी नगरपालिका -८ मा आज पढाई मेला सम्पन्न भएको छ ।  प्रगतिशिल युवा समाजको आयोजना तथा वर्ल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत आज पढाई मेला आयोजना गरिएको थियो ।

पढाई मेलामा जयपृथ्वी नगरपालिका वडा नं. ८ भित्रका ५ वटा बिद्यालयको सहभागिता रहेको प्रगतिशिल युवा समाजका फिल्ड अधिकृत शिवराज रोकायाले जानकारी दिनुभयो । 

हाजिरीजवाफ, चित्रकला, हिसाब दौड, श्रुतिलेखन र पढाई प्रतियोगिता गरी पढाई मेला संञ्चालन गरिएको हो । बालबालिकामा रहेको अन्तर्निहित क्षमतालाई बाहिर ल्याउने र परियोजनाबाट भएका क्रियाकलापको प्रभाव मुल्यांकन गर्ने उदेश्यले उक्त मेलाको आयोजना गरिएको थियो । प्रगतिशिल युवा समाजले जयपृथ्वी नगरपालिकाका २० वटा विद्यालयहरुमा विभिन्न कार्यक्रम संञ्चालन गर्दै आइरहेको र कार्यक्रमको प्रभावकारिता मुल्याङ्कन गर्नका लागि बेला बेला विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । 


padhai-mela-1716385340.jpg
 

युवावर्श आधारभुत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामगिरी धामीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा जयपृथ्वी नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक देबेन्द्रप्रसाद जोशी प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा विभिन्न ५ वटा विद्यालयका शिक्षक विद्यार्थी अभिभावकहरुको सहभागिता रहेको प्रगतिशिल युवा समाजका फिल्ड अधिकृत शिवराज रोकायाले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै