नेभिगेशन
सुदूरपश्चिम

बझाङ नेपालमै बन्दैछ जलविद्युतको हब तर छैन नियमित विद्युत

विद्युत उत्पादनका हिसाबले बझाङ नेपालका सबैभन्दा जिल्लाभन्दा अगाडी आउँदैछ । बझाङमा ७० मेघावाट क्षमताका ३ वटा कांलगा हाइड्रोका आयोजनासहित अब निर्माण हुने चैनपुर सेती (२१० मे.वा.), बझाङ्ग अप्पर सेती (२१६ मे.वा.), सेती नदी–३ (८६ मे.वा.), सुनिगाड (२५ मे.वा.) र मालुमेला सेती नदी पिआरओआर (६४ मे.वा.) क्षमता आयोजना छन् भने एक मेघावाट क्षमताको जेउडेगाडसहित अन्य साना ठूला विद्युत यहाँ छन् । त्यसकारण जलविद्युत उत्पादनमा पछाडि परेको सुदूरपश्चिम प्रदेश बझाङ जिल्लामार्फत यस क्षेत्रमा आफ्नो काया फेर्ने दिशाउन्मुख देखिएको हो । बझाङको साइपाल हिमालदेखि बगेको सेती नदीलाई अब बाहिर निस्केर आफ्नै लयमा बग्न सजिलो छैन ।

विद्युत गृहले सेती नदीलाई विभिन्न ठाउँमा सुरङभित्र लुकाउने भएका छन् । तर यति धेरै विद्युत बझाङमै बने पनि बझाङका आधा बासिन्दा भने अन्धकारमा छन् । विद्युत पुगेकै ठाउँमा पनि विद्युत पटक पटक अवरुद्ध हुँदै आएको छ ।

आकाशमा बादल घेरिन लाग्दा र हावाले पात हल्लाउनासाथ विद्युत अवरुद्ध हुँदा बझाङबासी आजित भइसकेका छन् । विद्युत अनियमित हुँदा थुप्रै विद्युतिय सामाग्री बिग्रेको सदरमुकाम चैनपुरका व्यापारी मानमति बम सिंहले बताए । बत्ती आउने जाने हुनुका साथै आयो भने पनि कहिले मधुरो आउने गरेकाले थप समस्या भएको छ । अनियमित विद्युत् कटौतीले स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको छ ।


अनियमित विद्युत् कटौतीले स्वास्थ्य, सञ्चार र व्यवसायमा समस्या हुने गरेको छ । जिल्ला अस्पताल बझाङका अनुसार भ्याक्सिन २४सै घण्टा चिसोमा राख्नुपर्ने, अप्रेसन गर्नुपर्ने, भिडियो एक्सरे, एक्सरे लगायत सबै सेवा प्रभावित हुने गरेको बताए ।
आफू निरन्तर लाइन सुधारका लागि लागिरहेको तर लामो रुट र अग्लो ठाउँबाट लाइन तानिएका कारण विद्युत् सेवा अनियमित भइरहेको नेपाल विद्युत् प्राधिकरण बझाङ वितरण केन्द्रका प्रमुख सुजन खड्काले जानकारी दिए ।
यसका साथै हावाहुरीलगायतका कारणले पनि विद्युत् सेवा अनियमित भइरहेको वितरण केन्द्र बझाङले जनाएको छ ।


बझाङलाई उज्यालो बनाइराख्ने विकल्प  
बझाङको राष्ट्रिय प्रसारण लाइनमा कालंगा हाइड्रोको १३२-३३ केभी प्रसारण लाइन जोड्नका लागि अबको केही समयपछि ठेक्का सम्झौता हुने भएको छ । बझाङमा जोडिएको डडेल्धुराको स्याउलेदेखि बझाङ चैनपुरसम्मको ३३ केभिए लाइनमा बारम्बार समस्या देखिन थालेपछि नेपाल विद्युत प्राधिकरणले कालंगा हाइड्रोसँग सम्झौता गरि १३२÷३३ केभिए लाइन जोड्न लागेको हो । 

नेपाल विद्युत प्राधिकरणको वितरण प्रणाली स्तरउन्नती तथा विस्तार आयोजना प्रमुख बिजयसेन खड्काका अनुसार टेन्डर आह्नान भएर टेलमस इन्डिया कम्पनीलाई ठेक्का परेको र अबको दुई हप्ताभित्र सम्झौता हुने बताए । उनका अनुसार ठेकेदार तथा निर्माण कम्पनीले सम्झौता भएको मितिले १० महिनाभित्र यो सबस्टेशन निर्माणको काम गरिसक्नुपर्ने हुन्छ ।

करिब १५ करोड लागतमा नेपाल विद्युत प्राधिकरण अन्तर्गतको वितरण प्रणाली स्तरउन्नती तथा विस्तार आयोजनाले टेलमस इन्डिया कम्पनीसँग सम्झौता गर्दैछ । लामो र अग्लो स्थानबाट लाइन ल्याइएकाले बझाङ सामान्य मौसम परिवर्तन हुँदा पनि बिद्युत अवरुद्ध हुँदै आएको छ । यो कार्य सकिएपछि बझाङमा विद्युत अवरुद्ध हुने कार्य बिरलै हुने नेपाल विद्युत प्राधिकरणका उप–कार्यकारी निर्देशक मनोज सिलवालले विश्वास व्यक्त गरे ।

उनले भने, ‘बझाङको समस्याबारे म पूर्ण रुपमा परिचित छु । त्यहाँ धेरै लामो लाइन, जङ्गल, भीर र सानो पोलमा विद्युत लाइन तानिएकाले मौसम परिवर्तनदेखि अरु बेला पनि सामान्यतया विद्युत अवरुद्ध भइरहन्छ । अब कालंगा हाइड्रो नै यो समस्या समाधान गर्ने उपयुक्त विकल्प हो । हामी प्रयासमा छौं । अबको १० महिनाभित्र बनिसक्छ । त्यसपछि बझाङबासीलाई समस्या हुँदैन ।’


कालंगा हाइड्रो निर्माणका लागि माछापुच्छे, एनएमवि र सिविल बैंकको ८० प्रतिशत र कालंगा हाइड्रो प्रालिको २० प्रतिशत लगानी रहेको जानकारी प्राप्त भएको छ। ३ वटा आयोजना प्रवद्र्धन गर्न क्रमशः कालंगा हाइड्रो इनर्जी कम्पनी (कालंगागाड १५.३३ मेगावाट), सानीगाड हाइड्रो कम्पनी (माथिल्लो कालंगागाड ३८.४६ मेगावाट) र बुंगल हाइड्रो कम्पनी (सानीगाड १०.७० मेगावाट) स्थापना गरिएको छ ।

उत्पादित विद्युत विद्युतगृहबाट करिब ३९ किलोमिटर ढाटा नेपाल विद्युत प्राधिकरणको दार्चुलास्थित चमेलिया आयोजनाको छेउमा निर्मित बलाँच सबस्टेसनमा जोडिएको छ । हाल कालंगाले उत्पादित विद्युत बझाङमा सबस्टेशन नहुँदा वितरण गरेको छैन । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रताप ओली जयपृथ्वी एफएम ९६.३ मेगाहर्ज बझाङका संस्थापक अध्यक्ष हुन् । उनी विगत १० वर्षदेखि बझाङबाट समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । 

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
भर्खरै