नेभिगेशन
सुदूरपश्चिम

बझाङमा एकै रातमा थप दुई कोरोना संक्रमितको मृत्य, मृतकको संख्या ५ पुग्यो

बझाङ : बझाङमा थप २ जना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्ला अस्पताल बझाङको कोरोना वार्डमा उपचारको क्रममा रहेकी जयपृथ्वी नगरपालिका वडा नं. ३ की ५५ वर्षिया महिलाको ज्यान गएको हो । सात दिनदेखी विरामी रहेकी महिला आइतबार मात्र जिल्ला अस्पतालमा भर्ना भएकी थिइन् । जिल्ला अस्पतालमा भर्ना भएपछि उनमा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल डा. मिलन खड्काले जानकारी दिनुभयो । 

कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालमा भर्ना भएकी उनको आइतबार राति ११ बजे ज्यान गएको स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण प्रसाद जोशीले जानकारी दिनुभयो ।

यसैबीच एक जना अर्का तल्कोटका कोरोना संक्रमितको पनि ज्यान गएको छ । कोरोना संक्रमण पुष्टि भएपछि घर जाने क्रममा बीच बाटोमा नै उनको आइतबार राति १२ बजे ज्यान गएको उनका आफन्तले जनाएका छन् । जिल्ला अस्पतालमा १८ गते कोरोना जाँज गराउदाँ रिपोर्ट पोजेटिभ आएको र १९ गते उनी तल्कोट गाँउपालिका वडा नं. १ स्थित घर जानलाई सदरकमुकाम चैनपुरबाट हिडेकी थिइन् । साँझ घर जानेक्रममा अवेर भएपछि उनी आफन्तको घरमा बसेको र राती १२ बजे उनको मृत्यु भएको आफन्तले जनाएका छन् । 

कोरोना पोजेटिभ भएपछि होम आइसोलेसनमा बस्ने भन्दै उनी अस्पतालबाट निस्किएकी थिइन् । घर नआएर आइसोलेसनमा बस्नु भनेर भनेको भएपनि गाडी नै बुक गरेर घर आएको तल्कोट गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष गोपाल धामीले बताउनुभयो । आफूले प्रहरीलाई खबर गरेर घर आउन नदिनु भनेर जानकारी गराएको भए पनि मृतक प्रहरीलाई छलेर घर आएको वडा अध्यक्ष धामीले बताउनु भयो । 

जिल्लामा आइतबारसम्म कोरोना संक्रमणबाट नै ज्यान गुमाउनेको संख्या ५ पुगेको छ भने कोरोना संक्रमित हुनेहरुको संख्या २०४ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्लामा सोमबार बिहान १ बजेदेखि बझाङमा  निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको पुर्ण पालना गर्दै सुरक्षित रहन सबैमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल बझाङले अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै