नेभिगेशन
सुदूरपश्चिम

घरेलु तथा साना उद्योग कार्यालय बझाङले विभिन्न शिप विकास तालिम सञ्चालन गर्ने

घरेलु तथा साना उद्योग कार्यालय बझाङले विभिन्न शिप विकास तालिम सञ्चालन गर्ने भएको छ । घरेलु कार्यालयको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अन्तर्गत कार्यालयले जयपृथ्वी नगरपालिका १० चैनुरमा जिल्ला भरिका इच्छुक नागरिकका लागि १० दिने चुरा पोते बनाउने तालिम, केदारस्युँ गाउँपालिका, थलारा गाउँपालिका र दुर्गाथली गाउँपालिकाका लागि १५ दिने गमला बनाउने तालिम केदारस्युँ गाउँपालिका ९ झोतामा संचालन गरिने घरेलु तथा साना उद्योग कार्यालय बझाङका सूचना अधिकारी दशरथ जप्रेलले जानकारी दिनुभयो । 

त्यस्तै खप्तडछान्ना गाउँपालिका वडा नं ३ भित्रका नागरिकका लागि २ महिने आधारभुत कम्प्युटर तालिम संचालन गरीने उहाँको भनाई छ । घरेलु कार्यालयले लाभग्राही क्षेत्रका ईच्छुक नागरिकले यहि चैत्र १३ गतेसम्म आवेदन दिन सुचना समेत प्रकाशित गरेको छ ।

आवेदन परेका मध्यबाट छनोट गरेर तालिममा सहभागी गराइने र तालिमको मिति पनि पछि जानकारी गराइने घरेलु कार्यालय बझाङले जनाएको छ । 
gharelu-1710987878.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै