नेभिगेशन
सुदूरपश्चिम

ढुंगा लागेर घाइते भएकी बोहराको उपचारमा समस्या

बझाङ । भिरबाट खसेको ढुंगा लागेर घाइते भएकी एक महिलालाई रकम अभावले उपचारमा समस्या भएको छ । बझाङको विकट साइपाल गाउँपालिका वडा नम्बर-१, की एकल महिला पुनीदेवी बोहराको उपचारमा समस्या भएको हो । शुक्रबार बिहान गाउँनजिकै रहेको गोठबाट गाईलाई घाँस हालेर फर्किंदै गर्दा भिर खसेको ढुंगा लागेर उनी घाइते भएकी हुन् ।

घाइते बोहरालाई स्थानीयले उद्धार गरी दिनभर स्ट्रेचरमा बोकेर शुक्रबार साँझ सदरमुकाम चैनपुरस्थित जिल्ला अस्पताल पुर्‍याएका थिए । जिल्लामा उपचार सम्भव नभएपछि अस्पतालले उनलाई धनगढी रिफर गरेको थियो । धनगढीको अस्पतालमा पनि उपचार नभएपछि अहिले उहाँको काठमाडौं स्थित ट्रमा अस्पतालमा उपचार भइरहेको छ । बोहराको खुट्टा भाँच्चिएको छ, भने रक्तनली फुटेर रगत जमेका कारण खुट्टा काट्नुपर्ने सुझाव चिकित्सकले दिएका छन ।

घाइते बोहराका भतिजा वीरबहादुर बोहराका अनुसार बोहराको उपचारका लागि ठुलो रकम आवश्यक पर्ने र घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भइरहेको छ । चिकित्सकहरुले खुट्टा काट्नु पर्ने बताएका कारण उपचारका लागि आर्थिक अभाव भएको बोरहाले बताउनुभयो । आर्थिक रूपले विपन्न रहेकी पुनीदेवीले ज्याला मजदुरी गरेर घर परिवारको खर्चको जोहो गरिरहनु भएको थियो । आफ्नो उपचारका लागि तीन-चार लाख खर्च लाग्ने चिकित्सकहरुले बताएका कारण उपचारमा सहयोग गरिदिन पुनीदेवी बोहराले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै