नेभिगेशन
सुदूरपश्चिम

बझाङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षिय पुरुष पक्राउ

बझाङ : बझाङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना ५५ वर्षीय व्यक्तिलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्लाको बित्थडचिर गाउँपालिका – १ खुलमहर बस्ने ५५ वर्षिय खड्के बोहराले फागुन ११ गतेका दिन दिउँसोको समयमा पीडित १७ वर्षीया किशारीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बोहरालाई पक्राउ गरेको हो ।

बित्थडचिर गाउँपालिका – ३ पस्याड घाँस काट्ने मेला स्थित गाइगोरु चराउन गएको मौका छोपी बोहराले किशारीलाई मानसिक कमजोरीको फाइदा उठाएर ललाइफकाई र धाक धम्कि सहित जबरजस्ती करणी गरेको किशोरीका अभिभावकले जाहेरी दिएका छन्। जाहेरी दरखास्त दिएको केही समयमै अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बोहरालाई पक्राउ गरेर आइतबार जिल्ला अदालत बझाङबाट पाँच दिनको म्याद थपेर जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक डिएसपी भरत शाहले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै