नेभिगेशन
सुदूरपश्चिम

बझाङमा एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार 

आमाको स्वास्थ्यमा केही सहजता आएपनि बच्चाको ज्यान गयो

बझाङ : जिल्ला अस्पताल बझाङमा उपचार हुन नसकेपछी एक जना सुत्केरी महिलालाई आज हेलिकप्टर मार्फत सुर्खेत रिफर गरिएको छ । जिल्लाको सुर्मा गाउँपालिका ५ की हिरादेवी बोहराको जिल्लामा थप उपचार हुन नसकेपछी सुर्खेत हेलिक्पटर मार्फत उद्धार गरी सुर्खेत लगिएको हो ।

बोहराको स्वास्थयमा समस्या आएपछी उहाँ शुक्रवार उपचारका लागि जिल्ला अस्पताल पुग्नुभएको थियो । 
जिल्ला अस्पताल बझाङका प्रमुख डा. धिरज विशंखका अनुसार बोहरालाई जिल्ला अस्पतालमा पुर्याउदाँ अर्धचेत अवस्थामा पुर्याइएको र बच्चाको धड्कन सुनिएका कारण अप्रेशन गरी बच्चा निकालिएको थियो ।

अप्रेशन पश्चात् आमाको स्थास्थ्यमा केही सहजता आएको भएपनि बच्चाको मृत्यु हुन पुगेको डा. विशंखले बताउनुभयो । बोहराको अप्रेसनपछी आखाँको प्रतिक्रियामा फेरी समस्या आएको र उपचारमा थप जटिलता नआओस् भनेर जिल्ला अस्पतालका स्टाफ नर्ससहित सुर्खेत रेफर गरिएको हो । 

बझाङबाट निर्वाचित मन्त्री भानुभक्त जोशी, प्रमुख जिल्ला अधिकारीसंगको सल्लाहमा हेलिकप्टर मागगरी बोहराको उद्धार गरिएको जिल्ला अस्पताल बझाङका कार्यालय प्रमुख डा. धिरज विशंखले बताउनुभयो । सुर्खेतबाट आएको हेलिकप्टरले बोहरालाई सवा तीन बजे उद्धारगरी सुर्खेत लगेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै