नेभिगेशन
सुदूरपश्चिम

महिनाको अन्तिम शनिबार बजार बन्द गर्ने बझाङ उद्योग वाणिज्य संघको निर्णय 

आज सदरमुकाम चैनपुर लगाएत आसपासका बजारहरु बन्द

बझाङ : बझाङ उद्योग वाणिज्य संघले महिनाको अन्तिम शनिबार बजार बन्द गर्ने निर्णय गरेको छ । केहिदिन अघि बझाङ उद्योग वाणिज्य संघका पदाधिकारी र चैनपुर बजार लगाएत आसपासका व्यापारीहरुबिच भएको छलफलबाट महिनाको अन्तिम शनिबार बजार बन्द गर्ने निर्णय गरिएको बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलीले बताउनुभयो । 

सधैं व्यवसाय गर्दा थाकेका व्यापारीहरुलाई विश्राम हुने र कुनै पसलहरुमा श्रमिकहरु पनि राखिएका कारण उनिहरुलाई पनि सहज होस् भन्ने उद्येश्यले महिनाको एकदिन बजार बन्द गर्ने निणर्य गरिएको अध्यक्ष सुर्मेलीले बताउनुभयो । उहाँले एकदिन बजार बन्द गर्दा व्यापारीलाई खासै घाटा पनि नहुने बताउनुभयो ।

आज पहिलो शनिबार सदरमुकाम चैनपुर बजार लगाएत आसपासका बजारहरु बन्द गरिएका छन् । पहिलो दिन भएकाले पनि उक्त निर्णय पुर्ण रुपमा कार्यान्वयन नभएको बझाङ उद्योग वाणिज्य संघले जनाएको छ । आगामि दिनहरुमा भने नियमको पालना नगर्ने व्यापारीलाई कारबाहि गरिने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै