नेभिगेशन
सुदूरपश्चिम

तल्कोटमा बन्ने भयो अस्पताल, उपाध्यक्ष भण्डारीले गरिन् शिलान्याश

तल्कोटमा आज ५ सैयाको अस्पतालको शिलान्यास गरिएको छ । एक औपचारिक कार्यक्रमकाबीच केएफडब्लुको आर्थिक सहयोग र तल्कोट गाउँपालिकाको समन्वयमा बन्न लागेको मेलविसौना अस्पतालको शिलान्यास गरिएको हो ।

डाक्टरको लागि निजि निवाससहित ५ सैयाको सुविधा सम्पन्न अस्पताल भवनको तल्कोट गाउँपालिका उपाध्यक्ष पार्वती भण्डारी कुँवरले आज शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा तल्कोट गाउँपालिका अध्यक्ष कलक रोकाया, उपाध्यक्ष पार्वती कुँवर भण्डारी, सबै वडाका वडाध्यक्ष तथा जनप्रतिनिधि, गाउँपालिकामा कार्यरत कर्मचारी, निर्माण कम्पनीका प्रतिनिधि र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । अध्यक्ष रोकायाका बुबाको केही समय अगाडी मात्रै स्वर्गारोहण भएकाले शिलान्याश गर्न पाउनुभएन ।

आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने अस्पतालको लागत करिब १६ करोड रहेको निर्माण कम्पनी जिपि विल्डर्वस् टेकु काठमाडौंका इन्जिनियर इश्वर पाण्डेले बताउनुभयो।

अस्पतालमा म्यानेजम्यान्ट फर हेल्थ मेह कन्सल्ट्यान्टको प्राविधिक सहयोग रहेको कन्सल्ट्यान्टका प्राविधिक प्रशान्त जोशीले बताउनुभयो । अस्पताल बनेपछि तल्कोट र साइपालका स्थानीयलाई सामान्य उपचारका लागि पनि चैनपुर आउनुपर्ने बाध्यता हट्नेछ । अस्पताल बन्ने भएपछि स्थानीयमा खुशी छाएको तल्कोट ६ वडीगाउँका स्थानीय प्रेम जेठाराले बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै