नेभिगेशन
सुदूरपश्चिम

भैरव मावि झोताले गर्‍यो राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीहरूलाई सम्मान

केदारस्युँ गाउँपालिका -९ झोतामा अवस्थित भैरव माध्यमिक विद्यालयले १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सम्मान गरेको छ । विद्यालयले आज एक कार्यक्रमकाबीच राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीलाई सम्मान गरेको हो ।

विद्यालयले १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० मा सहभागिता जनाइ विभिन्न विधामा प्रथम, द्वितीय, र तृतीय स्थान हासिल गरेका विद्यार्थीलाई सम्मान गरेको प्रधानाध्यापक शान्ति बोहराले जानकारी दिनुभएको छ । खेलाडीहरूको हौसला अभिवृद्धि गराइ खेल क्षेत्रको विकास गर्नाका लागि खेलाडीलाई सम्मानसहित पुरस्कृत गरिएको छ । 

खेलाडीलाई सम्मान कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदनराज गिरीको अध्यक्षतामा भएको थियोे । उक्त सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावकसंगका पदाधिकारी, शिक्षक विद्यार्थीको सहभागीता रहेको थियोे भने, प्रदेशको रनिङ शिल्डमा सहभागी हुने खेलाडीलाई भैरव माध्यमिक विद्यालय झोताले अभिनन्दन तथा शुभकामना प्रदान गरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै