नेभिगेशन
सुदूरपश्चिम

चिराशैनी युवा क्लबले रचनात्मक काम गरि मनायो स्थापना दिवस 

वित्थडचिर गाउँपालिका ६ मा रहेका चिराशैनी युवा क्लबले आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । क्लबले आज विभिन्न कार्यक्रम मनाएर स्थापना दिवस मनाएको हो । 

विगतका वर्षदेखि विभिन्न सामाजिक कार्य गर्दै आएको चिरासैनी युवा क्लबले प्रथम स्थापना दिवसको अवसरमा वित्थडचिर गाउँपालिका -६ मा रहेका सामुदायिक विद्यालय र वडा नं. -७ मा रहेको भगवती मावि पोखरीका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । 

क्लवले स्थापना दिवसको अवसरमा विद्यालयमा रहेका ३१ जना विद्यार्थीहरुलाई कापी, कलम, वर्णमाला लगायतका सामाग्री सहयोग गरेको हो । आमा बुवा नभएक टुहुरा तथा अति विपन्न परिवारका बालबालिकाको शैक्षिक स्तरमा सघाउ पुर्याउने उदेश्यले शैक्षिक सामाग्री सहयोग गरेको क्लवका अध्यक्ष कलक धामीले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै