नेभिगेशन
सुदूरपश्चिम

बझाङमा जीप दुर्घटना, दुईजना घाइते

बझाङमा यात्रुबाहक जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिजगडा बजारबाट बागथला तर्फ जादै गरेको से१ ज.५९२ नम्बरको जीप बुङगल नगरपालिका -५ मिनिबगडस्थित बागथला -बिजगडा कच्ची सडक खण्डमा पछाडीको टायरको चक्का निस्किदा सडकबाट करिब ७ मिटर तल खसेर दुर्घटनामा परेको हो ।

आज वेलुका ६:३० बजे दुर्घटनामा परि बुंगल ५ का चालक करिब २६ वर्षीय सुरेश नेपाली र सोही ठाउँका करिब १६ वर्षीय मनोज कार्की घाइते हुनुभएको छ ।

उहाँहरु दुबै जनाको  बिजगडा स्वास्थ्य चौकी बिजगडामा उपचार भइरहेको छ । सडकबाट खसेको जीप रुखमा अड्किएको हुँदा मानविय क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ब्यापक चन्द्र शाहले बताउनुभयो । उहाँका अनुसार दुबै जनाको अवस्था अहिले सामान्य रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै