नेभिगेशन
सुदूरपश्चिम

ग्लोबल आइएमइ बैंक बझाङ शाखाले सुरु गर्‍यो पानकोट रोडबाट सेवा दिन

बझाङ सदरमुकाम चैनपुर बजारको चौराहा नजिकबाट सेवा प्रवाह गर्दै आएको ग्लोबल आइएमइ बैंक बझाङ शाखा कार्यालय स्थानान्तरण भएको छ ।

पहिलेको भवन भुकम्पले चर्काएपछि ग्लोबल आइएमइ बैंक बझाङ शाखा आइतबार चौराहा नजिकबाट पानकोट सडक शान्तिमार्ग रोडमा स्थानान्तरण गरिएको हो ।

बैंक स्थानान्तरण भएको नयाँ बिक्रमसिंह महर (ब्याँसी) को भवनमा प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेलले रिबन काटेपछि कारोबार पनि सुरु भएको छ ।

बझाङ शाखा प्रमुख हरिचन्द्र रेग्मीले ग्लोबल आईएमइ बैंकले ऋण लगानी,निक्षेप सङ्कलन गर्ने,नगद भुक्तानी गर्ने,मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने,रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरू उपलब्ध गर्दै आइरहेको बताउनुभयो । ग्लोबल आईएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै