नेभिगेशन
सुदूरपश्चिम

दार्चुलामा एक नगर प्रहरी मृत फेला

दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत एक नगर प्रहरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।

महाकाली नगरपालिका वडा नम्बर ४ खलंगास्थित डेरा गरी बस्ने वडा नम्बर ८ कि २२ वर्षीया रविना पल्याल कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले बताए ।

आइतवार दिउँसो २ बजेको समयमा आफ्नै कोठामा रहेको पंखाको डण्डीमा झुण्डिएको अवस्थामा मृत फेला परेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गोबिन्द भण्डारीको भनाई छ।

मृतक पल्याल आजै विहान १० बजे घरबाट आएको बताइएको र २ बजे देखि नगरपालिकामा ड्युटी रहेको महाकाली नगरपालिकाका असै मोहन सिंह धामीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै