नेभिगेशन
सुदूरपश्चिम

स्वर्गीय स्वास्थ्यकर्मी मल्लको परिवारलाई आर्थीक सहयोग हस्तान्तरण 

स्वर्गीय स्वास्थ्यकर्मी महेन्द्र बहादुर मल्लको परिवारलाई आर्थीक सहयोग गरिएको छ । स्वास्थ्य कार्यालय बझाङको पहलमा जिल्लाका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुबाट संकलित आर्थीक सहयोग रकम आज परिवारलाई हस्तान्तरण गरिएको हो ।

जिल्लाका सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य निर्देशनालय, डोटीमा कार्यरत तथ्याङ्क अधिकृत धर्मानन्द गिरी र रेशु कुशमिया लगायत स्वास्थ्य कार्यालय बझाङमा कार्यरत कर्मचारीहरू र  जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले सहयोग गरेपछि आज संकलित भएको  ५९ हजार ३ सय रुपैयाँ स्वास्थ्य कार्यालय प्रमुख लाल बहादुर धामी मार्फत मल्लको परीवारलाई हस्तान्तरण गरिएको स्वास्थ्य कार्यालय बझाङका सिनियर खोप अधिकृत भानुभक्त जोशीले जानकारी दिनुभयो ।

केदारस्यूँ गाउँपालिकाका–९ स्थित भैरवनाथ स्वास्थ्य चौकीमा विगत २० वर्षदेखि इन्चार्जको जिम्मेवारी सम्हालिरहेका स्वास्थ्यकर्मी महेन्द्र बहादुर मल्ल गएको पुस १८ गते सेती नदीको किनारमा मृत फेला परेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै