नेभिगेशन
सुदूरपश्चिम

खप्तडछान्नामा सामाजिक कुरीति न्यूनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

खप्तडछान्ना गाउँपालिकामा सामाजिक कुरीति न्यूनिकरण सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय बझाङको आयोजना र खप्तडछान्ना गाउँपालिकाको समन्वयमा सामाजिक कुरीति न्यूनिकरण सम्बन्धि एकदिने जनचेतनामूलक कार्यक्रम आज सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा विभिन्न किसिमका समाजमा रहेका विधमान् सामाजिक कुरीती र विसङ्गगतिलाई प्रस्ट पारीएको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ अध्यक्ष गौरी अधिकारी रावलले जानकारी दिनुभयो । छाउपडि प्रथा, बाल बिवाह, बहुविवाह, लैगिंक विभेद लगाएतका सामाजिक कुरीतीका विषयमा प्रशिक्षण गरिएको अध्यक्ष रावलले बताउनुभयो ।

कार्यक्रममा सहभागिहरुले बाहिर समाज परिवर्तन भएको देखिएपनि कतिपय कुरीतिहरु निकै जरा गाडेर रहिरहेको बताएका छन् । राष्ट्रमा संविधान र्कायान्वन भएको खण्डमा दलित र महिलाको सस्या समाधन हुने सहभागिहरुको भनाई छ । त्यसैगरि अहिलेसम्म पनि महिला र दलितहरुलाई दोस्रो दर्जाको मानिस सोच्ने गरेको अभिव्यत्ति उनिहरुले दिएका थिए ।

कार्यक्रमका बोल्दै प्रशिक्षक एवं सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले सबै भन्दा पहिला समाजका अगुवा भनिएका व्यत्तिहरुको सङ्गकोचित विचारलाई परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो । कुरीतीलाई अन्त्य गर्नको लागी एउटा अवाज मात्रै सम्भव नरहेको बताउदै जोशीले महिलाले आफ्नो हक अधिकार चाहान्छन भने सर्वप्रथम आफ्नो मन र दिमाखमा रहेको अन्धविश्वासलाई निकालि अघि बढ्न आवश्यक रहेकोको बताउनुभयो । कार्यक्रममा पालिका भित्रका करीब दुई सय जना स्थानिय महिलाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै