नेभिगेशन
सुदूरपश्चिम

नेताहरुको स्वार्थका कारण एमाले बझाङको अधिवेशन पटक–पटक स्थगित

एमाले बझाङको अधिवेशन अनिश्चित बनेको छ । अर्को सूचना नभएसम्मका लागि भन्दै अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको अधिवेशनको मिती अनिश्चित बनेको हो। यसअघि गत माघ १९ र २० गतेका लागि तय भएको अधिवेशन मौसमको कारण देखाउँदै स्थगित गरिएको थियो ।

अधिवेशनस्थल झोतामा उद्घाटनका लागि मञ्च निर्माणको काम समेत भइसकेको अवस्थामा माघ १८ गते प्रतिकुल मौसमलाई कारण देखाउँदै एक्कासी अधिवेशन स्थगित भएको सूचना प्रकाशित गरिएको थियो । त्यसबेला अधिवेशनमा सहभागी हुन जिल्लाका विभिन्न पालिकाबाट प्रतिनिधि अधिवेशनस्थल पुगिसकेका थिए ।

मौसम प्रतिकुल हुने भनिए पनि माघ १९ र २० गते भने मौसम सफा थियो । त्यसपछि माघ २० गते अर्को सूचना जारी गरेर फागुन २ र ३ गते अधिवेशन झोतामै आयोजना गर्ने जानकारी दिइएको थियो । फागुन २ को अधिवेशन स्थगित गरिएको बारे कुनै आधिकारिक जानकारी सार्वजनिक भने गरिएन । जिल्लाका केही नेताले सामाजिक सञ्जालमार्फत प्राविधिक कारणले अर्को सूचना नभएसम्मका लागि अधिवेशन स्थगित भएको जानकारी गराएका छन् । जिल्लामा सदस्यता नवीकरण भैसकेका केही साथीहरुको नाम केन्द्रको लिस्टमा नदेखिए पछि अधिवेशन स्थगित भएको एमाले बझाङका सचिव आनन्दलाल विकले बताए ।

एमाले स्रोतका अनुसार जिल्ला अधिवेशनको लागि छनौट भएका चार सय ४० जना प्रतिनिधि मध्ये ९८ जना नक्कली प्रतिनिधि देखिए पछि अधिवेशन स्थगित भएको हो । सदस्यता नवीकरण नभएकाको नाम प्रतिनिधिमा देखिएपछि अधिवेशन स्थगित भएको एक जिल्ला कमिटि सदस्यले बताए । नक्कली प्रतिनिधि बनाएका कारण २०७७ मा हुनुपर्ने एमाले अधिवेशन अहिलेसम्म पनि हुन सकेको छैन । २०७८ असारमा हुने भनिएको आठौं जिल्ला अधिवेशन पनि सदस्यता विवादका कारण स्थगित भएको थियो ।

पार्टीभित्र गुटगत राजनीति पेचिलो बन्दै गएको र त्यहीँ कारण आफ्ना पक्षका प्रतिनिधि बढाउन नक्कली नामहरु सिफारिस गर्ने काम भइरहेको एमाले निकटहरु बताउँछन् । नेताहरुको स्वार्थका कारण पटक–पटक अधिवेशन स्थगित गरेर टाढा–टाढा प्रतिनिधिलाई दुःख दिने काम भइरहेको भन्दै केही प्रतिनिधिले अधिवेशन स्थगित गर्ने निर्णयको विरोध समेत गरिरहेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै