नेभिगेशन
सुदूरपश्चिम

बझाङ जीप दुर्घटना अपडेट : एक जनाको मृत्यु, चालक र सहचालक घाइते

बझाङको तल्कोट गाउँपालिकाको साईलाबगडमा नजिक जिप दुर्घटना हुँदा एक जना मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

तल्कोट १ का सुस्मिता कठायतलाई बेहोस अवस्थामा जिल्ला अस्पताल पुर्‍याइएको र अस्पतालले उनको मृत्यु घोषणा गरेको छ भने चालक तल्कोट ३ का राजेश कडाल र सहचालक मष्टा ५ का कमल कठायतको अवस्था हाल मध्यम रहेको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक भरत बहादुर शाहका अनुसार तलकोटबाट चैनपुर आउने क्रममा से १ ज ८६८ नम्बरको जीप बिहिबार साझ अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।

दुर्घटनामा घाइते भएकाहरु दुबै जनाको उपचार जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।

१. जिल्ला बझाङ तलकोट गा.पा.३ बस्ने चालक वर्ष अ.२३ को राजेश कुमार
कडाल दाया हातमा चोट अवस्था मध्यम ।
२. ऐ.ऐ.१ बस्ने बर्ष अ.१९ की सुस्मिता कठायत टाउको र अनुहारमा चोट मृत्यु भइसकेको ।
३. ऐ.मष्टा गा.पा.५ बस्ने सह-चालक बर्ष अ.१७ को कमल कठायत कम्मर र बाँया
खुट्टामा चोट अवस्था मध्यम ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
भर्खरै