नेभिगेशन
सुदूरपश्चिम

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक विजेतालाई १० हजार दिने बुंगल नगरपालिकाका मेयर धामीको घोषणा

बुंगल नगरपालिकाका नगरप्रमुख जय बहादुर धामीले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेतालाई जनही १० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्नु भएको छ । केदारस्युँ गाउँपालिकाको झोतामा सम्पन्न  जिल्लास्तरिय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि  जिते पछि बुंगल नगरपालिकाका विद्यार्थी खेलाडीहरुलाई  नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख धामीले सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी जनाएर स्वर्ण पदक हातपार्ने नगरपालिका भित्रका खेलाडीलाई जनही १० हजार, रजक पदक विजेतालाई जनही ५ हजार र काँस्य पदक विजेतालाई जनही रु ३ हजार पुरस्कार दिने घोषणा गर्नुभएको हो ।

नगरप्रमुख धामीले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेता प्रत्येक खेलाडीलाई जनही ३ हजारका दरले पुरस्कार समित वितरण गर्नुभएको छ । त्यस्तै नगरप्रमुख धामीले विजेता खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै खेलकुद विकासका लागि आफुले गर्नुपर्ने सहयोगमा कुनै पनि कसर बाकी नराख्ने र नगरपालिका भित्र राम्रो खेलमैदानको व्यवस्था मिलाएर  आगामी वर्ष हुने १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पनि बुंगल नगरपालिकामै सञ्चालन गर्नको लागि पहलगर्ने पनि बताउनु भयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
सुरेश धामी विगत ७ वर्षदेखि पत्रकारिता गरिरहेका छन् ।
थप सुदूरपश्चिम
कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो वर्षा

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको...
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
भर्खरै