नेभिगेशन
सुदूरपश्चिम

अध्यक्ष धामीले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर जन्मदिन मनाए  

बझाङ : नेपाल निजामती कर्मचारी संगठन बझाङका अध्यक्ष दिनेश बहादुर धामीले जालपा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । आज आफ्नो जन्मदिनको अवसरमा अध्यक्ष धामीले जयपृथ्वी नगरपालिका वडा नम्बर ९ जोशीगाउँ स्थित जाल्पा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।

आज जालपा आधारभुत विद्यालयका ८१ जना छात्रछात्राहरुलाई कापी, पेन्सिल लगायतका शैक्षिक सामग्री वितरण गरेको धामीले बताउनुभयो । उहाँले जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा उक्त्त शैक्षिक सामाग्रीले विद्यार्थीहरुलाई थोरै भए पनि सहयोग पुग्ने बताउनुभयो ।

हजारौं रकम खर्च गरेर भड्किलो जन्मदिन मनाउनुभन्दा कसैलाई सक्दो सहयोग गरि जन्मदिन मनाउनु उत्तम हुने धामिको भनाई छ । उहाँले हरेक जन्मदिनमा यस्तै रचनात्मक कार्य गर्दै आउनुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै