नेभिगेशन
सुदूरपश्चिम

जयपृथ्वी नगरपालिकामा महिलाका लागि तिन महिने निशुल्क सिलाई कटाई तालिम सुरु 

बझाङ : जयपृथ्वी नगरपालिकामा महिलाहरुका लागि तिन महिने निशुल्क सिलाई कटाई तालिम सञ्चालन गरेको छ । जयपृथ्वी नगरपालिका महिला विकास समितिको आयोजनामा तीन महिने सिलाई कटाई तालिमको आज एक कार्यक्रमका बिच उद्धघाटन गरीएको छ ।

तालिममा नगरपालिकाका ११ वटै वडाहरुबाट एक एक जना गरेर ११ जना महिला सहभागि छन् । उनिहरुलाई सिलाई कटाई मेसिन पनि हस्तान्तरण गरीएको महिला विकास समिति अध्यक्ष रमा देवी जोशीले बताउनुभयो । नगरपालिका भित्रका महिलाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउनका लागि आफुहरुले निशुल्क सिलाई कटाई तालिम सञ्चालन गरेको अध्यक्ष जोशीको भनाई छ ।

जयपृथ्वी नगरपालिका महिला विकास समिति अध्यक्ष रमादेवी जोशीको अध्यक्षतामा सञ्चालन भएको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथी जयपृथ्वी नगरपालिकाका उपप्रमुख रतन बहादुर सिंह रहनुभएको थियो । उद्धघाटन कार्यक्रममा बोल्दै उपप्रमुख सिहँले समाजमा महिलाहरु कमजोर हुनुको प्रमुख कारण उनिहरु आत्मनिर्भर नहुनु रहेको बताउनुभयो ।

उहाँले महिलाहरुलाई विभिन्न सिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउन सके महिलाहरु हेपिएर बस्नु नपर्ने बताउदै तिन महिने सिलाई कटाइ तालिमबाट सहभागि महिलाहरुलाई जिविकोपार्जनमा सहज हुने बताउनुभयो । यसअघि पनि नगरपालिकाको महिला विकास समितीले सबै वडाका महिलाहरुको लागि निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै