नेभिगेशन
सुदूरपश्चिम

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बझाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
बुधबार आज केदारस्युँ गाउँपालिका ९ स्थित झोता खेलमैदानमा जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।


जिल्ला खेलकुद समिति अध्यक्ष पुुष्पलाल रोकायाको अध्यक्षतामा सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश निवर्तमान सभामुख अर्जुन थापा रहनुभएको थियो । त्यस्तै बिशिष्ठ अतिथिमा संविधान सभा सदस्य शंकर खड्का लगायत रहनुसभएको थियो । त्यस्तै कार्यक्रममा बिशिष्ठ लगायत अन्य अतिथिमा जिल्ला समन्वय समिति प्रमुख उप्रमुुख नगरपालिका , गाउँपालिका अध्यक्ष उपाध्यक्ष , प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, राजनितिज्ञ वडाध्यक्ष पालिकाका स्तरीय खेलकुद समिति पदाधिकारी विभिन्न कार्यालयका प्रमुख प्रतिनिधि जग्गादाता लगाय निवर्तमान जनप्रतिनिधि पत्रकार रहनुुभएको थियो ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले खेलाडीलाई अनुसासित भएर खेल खेल्न तथा निर्यायकलाई निष्पक्ष भएर निर्यण गर्न अनुरोध गर्नभएको थियो ।

ttt1707320152.jpg
केदारस्युँ गाउँपालिकाको झोता सबै ठाउँको बिच केन्द्रमा प्रतियोगिता हुनुसबैको लागि पायक पर्ने बताउनुभएको थियो । सधै जिल्ला सदरमुकाम चैनपुरमा संचालन हुने रनिङ शिल्ड प्रतियोगिता यो वर्ष पहिलो पटक झोतामा भएको हो ।
जिल्लामा उपयुक्त खेलमैदान नभएपछि झोतामा प्रतियोगिता संचालन गरिएको छ । केदारस्युँ गाउँपालिकाले केही समय अगाडी पालिका स्तरीय रनिङ शिल्ड खेलाउनका लागि भनेर निमार्ण गरेको खेलमैदानमा अहिले जिल्ला स्तरीय प्रतियोगिता संचालन हुँदा गाउँपालिकावासीले खुसी व्यक्त गरेका छन ।


१४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १२ वटै स्थानीय तहबाट खेलाडी सहभागि छन ।
उद्घाटन कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि देखाइएको थियो ।
आज पहिलो दिन प्रतियोगिताको उद्घाटन मात्रै भएको छ । खेलहरु भोलिदेखि संचालन हुने खेलकुद समितिले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

बालबालिकाको क्षणिक निर्णयले भविस्य अन्धकारमा

किशोरकिशोरीहरू मोबाइल फोनको अत्यधिक प्रयोग, सामाजिक सञ्जालको प्रभाव र लहडमा आएर विवाह गर्नतर्फ आकर्षित भइरहेका छन्।
भर्खरै