नेभिगेशन
सुदूरपश्चिम

बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते 

बझाङ : बझाङमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको बुंगल नगरपालिका ३ सिराड स्थित काडाँचौर बाट बिजगडा तर्फ जाँदै गरेको अनटेस्ट ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

आज दिउँसो १५;३५ बजेको समयमा केदारस्यु गा.पा.७ काँडाचौर बस्ने २५ बर्षिय मिन बहादुर धामीले चलाएको ट्याक्टर एक्कासी सडकबाट ५० मिटर तल खसेको हो । दुर्घटनामा परेर चालक धामि घाइते भएका छन् । उनको कम्मर मुनि र दाहिने हातमा चोट लागेको र अबस्था मध्यम रहेको बताइएको छ ।

अहिले घाइते चालकको स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको छ । ट्याक्टर दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरिक्षक लाल सिंह रावलको कमाण्डमा प्रहरी टोलि घटनास्थल पुगेको थियो । अहिले घटनाबारे थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै