नेभिगेशन
सुदूरपश्चिम

केदारस्युँ गाउँपालिका - २ को वडा कार्यालयमा स्थानीयद्धारा तालाबन्दी 

वडा कार्यालय भवन अर्कै स्थानमा सार्ने विषयमा विवाद

बझाङ : बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर २ को कार्यालयमा तालाबन्दी गरिएको छ । आज आइतबार दिउँसो वडा कार्यालयको भवन अर्कै स्थानमा सार्ने भन्ने विषयमा विवाद हुँदा स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

हाल वडा कार्यालय काँकडतोलामा रहेको छ । तर वडाका जनप्रतिनिधि लगाएतले वडा कार्यालयको भवन सुमरीखाली भन्ने स्थानमा सार्ने कुरा अघि बढाएका छन् । उक्त बिषयमा सहमती नहुँदा स्थानिय केहि ब्यक्तीहरुले वडा कार्यालय भवनमा तालाबन्दी गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले बताउनुभयो । उहाँले वडा कार्यालयमा तालाबन्दी गरिएको जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी रायलबाट प्रहरी सहायक निरीक्षक गोबिन्द डाँगाको कमाण्डमा–३ जनाको प्रहरी टोली खटिएको र तालाबन्दी खोल्ने पहल भईरहेको बताउनुभयो ।

स्थानियहरुले भने वडा अध्यक्षले जनताको चाहाना विपरित काम गर्दै आफ्नो गाउँ नजिकै वडा कार्यालय सार्ने तयारी गरेको आरोप लगाइरहेको स्थानिय ललित रावलले बताउनुभयो । यस विषयमा वडा अध्यक्ष शेर बहादुर बिष्टसँग बुझ्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेको छैन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
विगत तीन वर्षदेखि रेडियो पत्रकारितामा कार्यरत कल्पना जयपृथ्वी एफएम नेटवर्कका सम्वाददाता हुन् ।
थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै