नेभिगेशन
सुदूरपश्चिम

सडक माथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जयपृथ्वी राजमार्ग अन्तर्गत जयपृथ्वी नगरपालिका ७ माल्लालाग्ने भिर नजिकै सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो। आज दिउँसो ३ बजेको समयमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छ्याउन जेसिवि परिचालन गरिएको भएपनि पहिरो ठुलो भएकाले तत्काल बाटो खुल्ने सम्भावना छैन । उक्त स्थानमा गएको असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्पका कारण सुक्का पहिरो समेत खसेको थियो । त्यसपछि लगातार जसो सडकमा ढुङ्गा खसिरहने र यात्रा गर्न पनि कठिन रहेको थियो ।

आज लामो समयपछि परेको पानीका कारण जमिन भिजेपछि ढुङ्गा सहितको पहिरो खस्न सुरु भएको हो । अहिले राजमार्ग अवरुद्ध भएपछि चैनपुरदेखि बाहिर जाने र बाहिर जिल्ला तथा अन्य क्षेत्रबाट चैनपुर भित्रिने सवारी साधनहरु ठप्प भएका छन् । गन्तव्यमा हिडेका यात्रुहरु चिसो समयमा अलपत्र परेका छन् ।

पहिरोसँगै ठुला ठुला ढुङ्गाहरु सडकमा भएकाले जेसिविले पहिरो पन्छ्याउन नसकिने र स्काइभेटर पठाउने तयारी भइरहेकाले अहिले नै सडक खुल्ने सम्भावना नरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै