नेभिगेशन
सुदूरपश्चिम

बझाङका उच्च भेगमा हिमपात, विद्युत र टेलिफोन सेवा अवरुद्ध

बझाङमा हिमपात भएको छ । जिल्लाका उच्च हिमाली क्षेत्रहरुका गय रातिबाट हिमपात भएको हो । साइपाल, सुर्मा, दुर्गाथली, केदारस्युँ, छबिसपाथिभेरा, मष्टा, तलकोट, थलारा,  खप्तडछान्ना, बित्थडचिर गाउँपालीका, जयपृथ्वी र बुंगल नगरपालिका लगायत सबै स्थानीय तहका उच्च भेगहरुमा हिमपात भएको बझाङ्गका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताउनुभयो । हिमपातपछि जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत सेवा बन्द हुँदा बझाङका स्थानीय मारमा परेका छन् । 

हिमपातको कारण बैतडीको श्रीभावरदेखि बझाङको वित्थडबीचमा पर्ने खण्डमा राष्ट्रिय प्रसारण लाइनमा खराबी आउँदा बुधबारदेखि नै विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रका सुपरभाइजर रुपक थापाले बताए । विद्युत मर्मतका लागि प्राविधिकको टोली त्यस तर्फ पठाइसकिएको भए पनि मर्मत हुन कति समय लाग्छ भनेर भन्न नसकिने उनको भनाइ छ ।

यस्तै घाम नलागेका कारण कतिपय पालिकाहरूमा रहेका नेपाल टेलिकमको टावरमा सौर्य प्रणालीले काम नगर्दा टेलिफोन र इन्टरनेट सेवा समेत अवरुद्ध भएको छ । लामो समयसम्म पानी नपर्दा जिल्लाका किसानहरु चिन्तामा थिए । हिमपात भए सँगै पानी परे पछि जिल्लाका किसानहरु खुसी भएका छन् । गत भदौ महिना देखि बझाङ्गमा पानी परेको थिएन । पानी नपर्दा किसानले लगाएको हिउँदे बाली सुकेर नष्ट भएको थियो । 

पानी परे पछि आफूले लगाएको बाली अब राम्रो हुन्छ कि भन्ने आस पलाएको दुर्गाथली गाउँपालिकाका वडा नम्बर तिनका किसान जयबहादुर धामीले बताउनुभयो । अब वनजंगलमा घाँस पलाएपछि गाइ वस्तुलाई पनि आहारा हुने उहाँले आशा व्यक्त गर्नुभयो । खेतमा लगाएको तरकारी, फलफुल र अन्नवाली सुकेर नष्ट हुने बेलामा अलिकति भए पनि पानी परेर खुसि लागेको जयपृथ्वी नगरपालिका वडा नम्बर ४ का किसान नवराज उपाध्यायले बताउनुभयो । अहिले जिल्लाका ९६ प्रतिशत मानिसहरु कृर्षी तथा खेतिपाती गर्छन् । बझाङ्गमा करिब अठार हजार हेक्टर जमिनमा कृर्षि गरिन्छ । 

सुदूरपश्चिमका उच्च हिमाली तथा पहाडी जिल्लाहरुमा आज हिमपात भइरहेको छ । यो यस वर्षको पहिलो हिमपात हो । शुदुरपश्चिममा यसपाली लामो समय पछि हिमपात भएको हो । प्रदेशका बझाङ्ग, बाजुरा, अछाम, डोटी, बैतडी, दार्चुल्ला र डडेलधुराका अधिकांश ठाउँमा हिमपात भैरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै