नेभिगेशन
सुदूरपश्चिम

बझाङमा ट्रक दुर्घटना

बझाङमा ट्रक दुर्घटना भएको छ । बाग्थला बिजगडा सडक खण्ड अन्तर्गत बाग्थलाबाट आधा किलोमिटर अगाडी सेतो पहिरोमा ट्रक चिप्लेर दुर्घटनामा परेको बताइएको छ । 

ट्रक चालकले भने हाम फालेर ज्यान जोगाएको स्थानीय विकास मल्लले बताउनुभयो । चालकलाई स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ । सडक सतह चिप्लो भएका कारण चिप्लेको ट्रक सडकबाट करिब १०० मिटर तल खसेको उहाँको भनाई छ । 

आज दिउँसो करिब १ बजेतिर इन्धन, सिमेन्ट, सरिया, प्लाइउड, जस्ता लगायतका सामान बोकेर बाग्थलाबाट बुङ्गल तर्फ गइरहेको भे १ ख ३७९३ नम्बर ट्रक सडकबाट चिप्लिदा सामानसँगै ट्रकमा क्षति हुन पुगेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै