नेभिगेशन
सुदूरपश्चिम

अग्निपिडितलाई उद्योग वाणिज्य संघ बझाङको आर्थिक सहयोग

उद्योग बाणिज्य संघ बझाङले आगलागीबाट क्षति भएका २ जना ब्यापारीलाई संकलित रकम हस्तान्तरण गरेको छ । बुधबार उद्योग बाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीको अध्यक्षतामा एक औपचारिक कार्यक्रमका साथ अग्निपिडितलाई चैनपुर बजारबाट संकलित रकम हस्तान्तरण गरेको हो। 

सदरमुकाम चैनपुरको लोकतान्त्रीक चोकमा विगत ४० वर्षदेखि व्यापार गर्दै आएका भारतको धार्चुलाका बिरेन्द्र सिंह (व्याँसी) को जंगविर व्याँसी पसल यहिँ माघ १ गते जलेर नष्ट भएको थियो । आगलागी पश्चात बझाङ उद्योग बाणिज्य संघले उहाँलाई राहात स्वरुप चैनपुर बजारमा आर्थिक सहयोग संकलन अभियान चलाएर रकम संकलन गरेको थियो । बुधबार केही रकम बझाङ उद्योग बाणिज्य कार्यालयबाट थप गरेर पिडित व्यवसायी सिंहलाई २ लाख ३ हजार २५ रुपैयाँ हस्तान्तरण गरिएको हो ।

यसैबिच केहि समय अगाडी चैनपुरमै विद्युतको तार सर्ट भएर आगलागी भएको कैलाश फेन्सी स्टोरका सञ्चालक डबलबहादुर खड्कालाई पनि १६ हजार रुपैयाँ सहयोग गरिएको छ । आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघका अध्यक्ष सुर्मेलीले सबै व्यापारीहरुको पिडा एउटै भएकाले आफूहरुले पिडितको घाउमा मलमपट्टी स्वरुप सानो सहयोग र सहकार्य गरेको बताउनुभयो । साथै उहाँले आर्थिक सहयोग गर्ने सम्पुर्ण व्यापारीहरुलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

 सहयोग रकम बुझ्दै आगलागी पिडित व्यापारी सिंहले आफूलाई अत्यन्तै समस्या परेका बेला बझाङका व्यापारी र कर्मचारीले ठूलो गुन लगाएकोमा सबैलाई आभार व्यक्त गर्नुभयो ।

पिडित व्यापारी सिंह बिपत्ति जतिबेला जसलाई पनि आइलाग्ने भएकोले यो सहयोगी भावनाले गर्दा आफूलाई दु:खको बेला कोही छ भन्ने आभाश भएको छ । ब्यापारी सिंहको आगलागीबाट करिब ६० लाख बराबरको क्षति भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै