नेभिगेशन
सुदूरपश्चिम

संघियतापछि बुंगल नगरपालिकाको पहिलो पटक सार्वजनिक सुनुवाई

बुंगल नगरपालिकाले विषयगत शाखा र समग्र स्थानीय तहले प्रवाह गरेका सार्वजनिक सेवा प्रभावकारिताका विषयमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बुंगल नगरपालिका स्थापना भए देखि नभएको सार्वजनिक सुनुवाइ नभएको भएपनि नगरपालिकाले आर्थिक बर्ष २०८०/८१ को पहिलो र दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ गरेको हो । बुंगल नगरपालिको आयोजना तथा नेपाल पत्रकार महासंघ बझाङको सहजिकरणमा ७ बर्ष पछि पहिलो पटक सार्वजनिक सुनुवाइ भएको हो । कार्यक्रममा १४० जना भन्दा बढि सेवाग्राहि, नागरिक समाज, राजनीतिक दल, विषयगत कार्यालयहरुको प्रमुख एवं प्रतिनिधिको उपस्थिती भएको थियो । 

कार्यक्रममा आर्थक वर्ष ०८०।०८१ को प्रथम तथा दोस्रो चौमासिक सुनुवाइमा  नगरपालिकाले गरेका सार्वजनिक सेवाको प्रभावकारिता को सम्बन्धमा ३० जना नागरिकहरुले आफनो गुनासो, प्रतिक्रिया र सुझावहरु सहित हाकाहाकी बहस गरिएको थियो । नागरिकहरु बाट प्राप्त भएका गुनासाहरुको सम्बोधन जवाफदेहि बक्ताको रुपमा  नगरप्रमुख जय बहादुर धामी, उपप्रमुख धनबहादुर बोहरा निमित्त कार्यकारि अधिकृत माधव प्रसाद जोशी र बिषयगत कार्यालयका प्रमुख रहेका थिय । सार्वजनिक सुनुवाई कार्यक्रम पश्चात उठेका गुनासा प्रतिक्रिया र सुझावहरुलाई सम्बोधन गर्दै जवाफदेही वक्ताहरुले नगरपालिकाको योजना तथा कार्यक्रमहरुलाई चुस्त दुरुस्त रुपमा संचालन गर्नको लागि नगरपालिका सधै चनाखो रहेको बताएका छन । 

सार्वजनिक शान्ति सुव्यवस्था कायम गर्ने प्रतिवद्धता गर्नुका साथै लक्षित वर्गको लागि विनियोजन गरिएको रकम लक्षित वर्गमा नै खर्च गर्ने, स्वस्थ प्रतिष्पर्धाका आधारमा कर्मचारि नियुक्ती गर्ने, लगायतका सार्वजनिक प्रतिवद्धताहरु गरिएको छ । कार्यक्रममा गुनासो, सुझाव र प्रश्नकर्ताहरुले नगरपालिकाको विकासमा लाग्न जनप्रतिनिधिलाई आग्रह गर्दै नगरकाे हित विपरित काम गरे राम्रो नहुने बताएका छन

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै