नेभिगेशन
सुदूरपश्चिम

बझाङ सदरमुकाम चैनपुर नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

घाईते दुबै जनाको जिल्ला अस्पताल बझाङमा उपचार हुदै

बझाङ सदरमुकाम चैनपुर नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । जयपृथ्वी नगरपालिका वडा नम्बर ४ आम्पाटामा विपरित दिशा बाट आईरहेको ट्याक्टरलाई साईड दिनेक्रममा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटना परि जयपृथ्वी नगरपालिका ३ पडेशका २३ वर्षिय चालक शुशिल खड्का र मोटरसाईकल पछाडी सवार सोहि ठाउँका ३६ वर्षिय किशोर खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सदरमुकाम चैनपुरबाट जयपृथ्वी नगरपालिका वडा नम्बर ३ पडेश तर्फ गइरहेको लु ११ प ६४९७ नम्बरको मोटरसाइकलले विपरित दिशा बाट आईरहेको ट्याक्टरलाई साईडदिने बेला सडकबाट करीब १५० मिटर तल सेती नदीमा खसेर दुर्घटना भएको हो । चालक शुशिल खड्काकोे टाउको र शरीरका विभिन्न भागमा तथा किशोर खडकाको अनुहार र खुट्टामा गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताउनुभयो । घाइते दुवै जनाको जिल्ला अस्पताल सिमखेत उपचार भईरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

यो रेडियो जयपृथ्वी एफ.एम. बझाङद्धारा सञ्चालित अनलाइन हो । २०७८ सालको जयपृथ्वी बहादुर सि‌ंहको जन्मजयन्तीको शुभ अवसर पारी स्थापना भएका यो रेडियो तथा अनलान न्युज पोर्टलले ताजा,सन्तुलित र निष्पक्ष समाचार र लेख रचना प्रसारण प्रकाशन गर्दै आएको छ।

थप सुदूरपश्चिम
साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साइपालमा लडेर गम्भीर घाइते भएका रोकायालाई आज हेलिकोप्टरमार्फत कोहलपुर लगियो

साईपाल गाउँपालिका–४ का रुखबाट लडेर गम्भीर  घाइते हुनुभएका सुनबहादुर रोकायालाई आज चारदिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँले लिएको कक्षा ८ को परिक्षामा कमजोर नतिजा सार्वजनिक, दुई विद्यालयका कुनै पनि विद्यार्थी ग्रेडेड हुन सकेनन्

केदारस्युँ गाउँपालिकाले पहिलोपटक सञ्चालन गरेको कक्षा ८ को पालिकास्तरीय परीक्षामा निकै कमजोर नतिजा आएको छ। पालिकाभरका १६ वटा विद्यालयका ५ सय ८७ जना विद्यार्थी सहभागीमध्ये जम्मा ४६ जना...
९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा ९ वर्ष ७ महिना १८ दिन कैद सजाय पाएका फरार प्रतिवादी अफि बोहरा पक्राउ परेका छन्। 
भर्खरै